फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले हाइटीविरुद्ध पहिलो हाफमा तीन गोलको स्पष्ट अग्रता बनाएको छ। फिफा विश्वकप २०२६ अन्तर्गतको यस खेलमा ब्राजिलका म्याथियस कुन्हाले दुई गोल गरेको छन् भने भिनिसियस जुनियरले एक गोल थपेका छन्। पहिलो खेलमा ब्राजिल र मोरक्कोबीच बराबरी भएको थियो भने हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो।
६ असार, काठमाडौं। ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता लिएको छ। फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलमा ब्राजिलको पहिलो हाफको प्रदर्शन प्रभावशाली रहेको छ। कुन्हाले २३औं मिनेटमा पहिलो गोल गरेपछि ३६औं मिनेटमा दोस्रो गोल थप्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाएका थिए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गरेपछि ब्राजिलको अग्रता तीन गोलसम्म पुगेको छ। खेलको १२औं मिनेटमा ब्राजिलका राफिन्हाले गोल गरेपनि अफसाइडको कारण त्यो गोल मान्यता पाइन। पहिलो हाफमा ब्राजिलले हाइटीमाथि स्पष्ट रूपमा हावी भएको छ।

