व्यस्त जीवनशैलीका कारण धेरै मानिसलाई व्यायामका लागि समय निकाल्न कठिन हुन सक्छ। कोहीलाई अफिसमा लामो समयसम्म कुर्सीमा बसेर काम गर्दा शरीरको हालत बिग्रने, साथै घाँटी र ढाडको समस्या हुनसक्ने हुन्छ। योग प्रशिक्षक दीपिका श्रेष्ठका अनुसार, हामीले अफिसमा काम गर्दै गर्दा पनि स्वस्थ रहन कुर्सीमै बसेर सजिलै केही आसनहरू गर्न सक्छौं। कुर्सीमै बस्दा गर्न मिल्ने पाँच आसनहरू जान्न सृजना श्रेष्ठले तयार पारेको यस भिडियो हेर्नुस्।

