Skip to main content

नेपाली एमएमए फाइटर कोसिसको इन्डिया फाइट लिगमा शानदार जित

नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा आयोजना गरिएको इन्डिया फाइट लिगमा भारतीय प्रतिस्पर्धीलाई १९ सेकेन्डमै नाकआउट गर्दै शानदार जित हासिल गरेका छन्। दिल्लीको सिरी फोर इनडोर स्टेडियममा भएको लाइटवेट विधाको सो प्रतियोगितामा ६ टिमका ७२ फाइटरहरूले सहभागिता जनाएका छन्। ६ असार, काठमाडौं। नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा सम्पन्न इन्डिया फाइट लिग (आईएफएल) मा शानदार जीत हात पारेका छन्। दिल्लीको सिरी फोर इनडोर स्टेडियममा भएको लाइटवेट फाइटमा कोसिसले भारतीय फाइटर प्रचण्ड जमलियालाई केवल १९ सेकेन्डमै नाकआउट गरेका छन्। फ्रेन्चाइज आधारित मिक्स मार्शल आर्ट्स प्रतियोगिता (आईएफएल) मा ६ टिमका ७२ फाइटरहरूले प्रतिस्पर्धा गर्छन्। क्रिकेटको आइपीएल र कबड्डीको प्रो कबड्डी शेलीमै यो एमएमए लिग आयोजना भइरहेको छ। आईएफएल युएफसी फाइट पासको रूपमा परिचित छ। आईएफएलमा कोसिसको सहभागिताले नेपाली एमएमएको बढ्दो प्रसिद्धिलाई थप पुष्ट्याएको छ।