पिन्टरेस्टले नयाँ एआई व्यवसाय सहायक र ‘आस्क पिन्टरेस्ट’ फिचर सार्वजनिक गर्यो
पिन्टरेस्ट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँ फिचरहरूको घोषणा गरेको छ। यसमा नयाँ व्यवसाय सहायक, विज्ञापन सिर्जना उपकरण र एआई-संचालित नयाँ एप समावेश छन्। कम्पनीको दाबी अनुसार, यी फिचरहरूले नेक्स्ट जेनेरेसन सपिङ अनुभव विकास गर्न पिन्टरेस्टलाई सक्षम बनाउनेछन्।
पिन्टरेस्टले नयाँ ‘व्यवसाय सहायक’ सार्वजनिक गरेको छ, जुन कम्पनीको आफ्नै एआई सहायक उपकरण हो र एड्स म्यानेजरमा प्रत्यक्ष समावेश गरिएको छ। यस व्यवसाय सहायकले विज्ञापनदाताहरूलाई आवश्यक सुझाव र तथ्यांकमा आधारित नोटहरू उपलब्ध गराउनेछ। प्रमुख बुँदाहरूलाई बुझाउन यसले ग्राफ र चार्टहरूको प्रयोग गर्नेछ। अहिले यो फिचर क्लोज्ड बेटा संस्करणमा सीमित एड पार्टनरहरूका लागि मात्र उपलब्ध छ।
पिन्टरेस्टले ‘मोडेल कन्टेक्स्ट प्रोटोकल’ पनि घोषणा गरेको छ, जसले पिन्टरेस्टलाई विज्ञापनदाताहरूले प्रयोग गर्ने कोपाइलट्स र एजेन्टिक टुल्ससँग जोड्नेछ। विज्ञापनदाताहरूले पिन्टरेस्ट एड्स डाटालाई आफ्नो रोजाइको एआई च्याटबटमा सहजै प्लग इन गर्न सक्नेछन्। यसले पिन क्याम्पेनको प्रदर्शनमा वृद्धि गर्न थप विकल्पहरू प्रदान गर्नेछ।
पिन्टरेस्टमा नयाँ क्रिएटिभ एआई उपकरणहरू पनि थपिएका छन्, जसमा ‘डाइनामिक क्रिएटिभ सेलेक्सन’ समावेश छ। यस उपकरणले विज्ञापन सामग्रीहरूको मूल्याङ्कन गरेर सबैभन्दा प्रभावकारी भेरियन्ट पहिचान गर्नेछ। अन्त्यमा, पिन्टरेस्टले ‘आस्क पिन्टरेस्ट’ एपको घोषणा गरेको छ, जुन नयाँ अवधारणा र आइडियाहरू खोज्न प्रयोग हुनेछ। यो एप संवादमा आधारित र जटिल निर्णयहरूका लागि डिजाइन गरिएको छ। ‘आस्क पिन्टरेस्ट’ एप हाल अमेरिकामा मात्र उपलब्ध छ।

