मकवानपुरका विभिन्न स्थानहरूबाट लागुऔषध सेवन गरी सवारी साधन चलाउने १० जना चालक तथा सहचालक पक्राउ परेका छन्। पक्राउ परेका ती चालक तथा सहचालकहरूविरुद्ध लागुऔषध सेवनको कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। ८ असार, काठमाडौं। लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने १० जना पक्राउ परेका छन्। मकवानपुरका विभिन्न ठाउँहरूबाट चालक तथा सहचालक गरी १० जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बाराका २० वर्षीय मोस्तकी अन्सारी, गोरखाका २६ वर्षीय निर्मल श्रेष्ठ, सुनसरीका २७ वर्षीय अन्जित चौधरी, पर्साका ४० वर्षीय राम नारायण मण्डल, सर्लाहीका ३४ वर्षीय अमिर योन्जन, रौतहटका ३५ वर्षीय पुकार यादव, मकवानपुरका २३ वर्षीय रोहन लामा, महोत्तरीका २७ वर्षीय रुद्रप्रसाद दाहाल, रौतहटका ३३ वर्षीय उमेश राय यादव र पर्साका ३४ वर्षीय मैनिदिन मियाँ रहेका छन्। उनीहरूविरुद्ध लागुऔषध सेवनको कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

