पहिलो खेलमा हारपछि दुवै टोलीका लागि यो खेल नकआउट खेल जस्तो हुनेछ। अब एउटा हारले प्रतियोगिताबाट बाहिरिन सक्छ। फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डन र अल्जेरियाबीचको खेल अमेरिकाको सन फ्रान्सिस्कोमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ९ बजे सुरु हुनेछ। विश्वकपको पहिलो खेलमा पराजित भएका दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्र्दा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिन सक्नेछ।
अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेटकोभिचले भने, “यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्त्वपूर्ण छ, र दबाव पनि समान रूपमा तीव्र छ।” ८ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान मैदानमा उत्रँदा जोर्डन र अल्जेरियाको साझा लक्ष्य पहिलो जित हात पार्ने हुनेछ। समूह जे मा रहेका यी दुई टोलीको खेल अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा नेपाली समय अनुसार मंगलबार बिहान पौने ९ बजे सुरु हुनेछ।
दुवै टोली यस विश्वकपको पहिलो खेलमा पराजित भएका थिए, त्यसैले दुवै पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा हार पछि यो खेल दुवैका लागि नकआउट जस्तो महत्त्वपूर्ण हुनेछ। अब एउटा हारले प्रतियोगिताबाट बाहिरिन सक्छ। त्यसैले यस खेलमा कुनै पनि टिम हार्न चाहँदैन। यस विश्वकपमा डेब्यु गरिरहेको एसियाली राष्ट्र जोर्डन पहिलो खेलमा नर्वेसँग ४-१ ले पराजित भएको थियो। त्यो हार बावजुद जोर्डनले विश्वकपमा पहिलो गोल गर्न सफल भएको थियो।
जोर्डनका अली ओल्वानले अस्ट्रिया विरुद्ध विश्वकपमा पहिलो गोल गरेका थिए। त्यसैगरी, १२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको अल्जेरियाले साविक विजेता अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो, जसमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए। जोर्डनका प्रशिक्षक जमाल सेल्लामीले अल्जेरिया विरुद्धको खेल निकै महत्वपूर्ण हुने बताएका छन्। ‘हामी अल्जेरियाली प्रतिद्वन्द्वी विरुद्ध एक निकै महत्वपूर्ण र कठिन खेलको अपेक्षा गरिरहेका छौं, जुन एउटा बलियो र असाधारण टोली हो,’ उनले भने।
अल्जेरियाका प्रशिक्षक भ्लादिमिर पेटकोभिचले पनि जोर्डन विरुद्धको यो भिडन्त कति निर्णायक छ भन्ने कुरा स्पष्ट पारे। ‘यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्त्वपूर्ण छ, र दबाव पनि समान रूपमा तीव्र छ।’ ६३ वर्षीय प्रशिक्षकले भने। ‘जोर्डन निकै संगठित र निरन्तर उच्च स्तरको प्रदर्शन गर्ने टोली हो, जसले मैदानमा बलियो शारीरिक क्षमतासहित खेल्छ,’ पेटकोभिचले थपे। जोर्डन र अल्जेरियाबीच विश्वकपमा यो पहिलो खेल हुनेछ। यसअघि एक पटक मात्र यी दुई टोली मैत्रीपूर्ण खेलमा भिडेका थिए। सन् २००४ मा भएको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो। पहिलो खेलमा अस्ट्रिया विरुद्ध गोल गरेका अली ओल्वानसँगे फ्रेन्च क्लब रेनबाट खेल्ने मुसा अल-तमारी जोर्डनका प्रमुख खेलाडीका रूपमा रहनेछन्। अल्जेरियाका लागि रियाद महारेजसँगै २० वर्षीय इब्राहिम माजा र राएन अइत-नौरी हेर्न लायक खेलाडीका रूपमा रहनेछन्।

