Skip to main content

न्युडायमण्डका दुबै टोली सेमिफाइनलमा प्रवेश गरे

सोमबार २–२ खेल खेलेपछि न्युडायमण्डका दुबै टोली सेमिफाइनलमा प्रवेश गरेका छन्। ८ असार, काठमाडौं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा पुगेका हुन्। दुवैले २–२ खेल खेल्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। न्यु डायमन्ड समूह ए र न्यु डायमन्ड एकेडेमी समूह बी का विजेता बनेका छन्।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको खेलमा न्यु डायमन्डले अमर ज्योति, नुवाकोटलाई २५–९, २५–११, २५–५ र सरस्वती स्कुल, सिन्धुपाल्चोकलाई २५–५, २५–६, २५–४ को सेटमा पराजित गर्यो। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले सूर्य विनायक, भक्तपुरलाई २५–१३, २५–४, २५–६ र गणेश हिमाललाई २५–९, २५–२२, २५–१४ को सेटमा हरायो।

अन्य खेलहरूमा गणेश हिमालले एलिक्सर एकेडेमीलाई २५–२१, २५–२१, २५–१६, सरस्वतीले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २१–२५, २५–१३, २५–१६, २५–१७ र अमर ज्योतिले एन्जल्सलाई २५–६, २५–२२, २५–१० को सेटमा पराजित गरेका छन्।