Skip to main content

रोनाल्डोको उज्वेकिस्तान विरुद्ध ६ अंकको जादुमयी संयोग

जर्सी नम्बर ७ लगाउने स्टार रोनाल्डोका लागि उज्वेकिस्तान विरुद्ध खेल्दा जादुमयी अंकको संयोग जुर्न पुग्यो ‘६’। काठमाडौं। पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो ७ नम्बर जर्सी लगाउँछन्। फिफा विश्वकप २०२६ मा पोर्चुगिज आइकन रोनाल्डो र उनको जर्सी नम्बर ७ को क्रेज उस्तै छ। मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा उज्वेकिस्तान विरुद्ध उत्रिँदा भने रोनाल्डोका लागि अर्को जादुमयी अंकको संयोग जुर्न पुग्यो ‘६’। ४१ वर्षको उमेरमा पनि मैदानमा उत्तिकै भोक र उर्जाका साथ दौडिरहेका यी लेजेन्डका लागि उज्वेकिस्तान विरुद्ध ५–० को जितमा हरेक कोणबाट अंक ६ को गजबको संयोग मिलेको छ।

रोनाल्डोले फिफा विश्वकप २०२६ मा उज्वेकिस्तान विरुद्ध गोल गर्दै विश्वकपमा नयाँ कीर्तिमान बनाए। रोनाल्डोले यसअघि डिआर कंगो विरुद्धको पहिलो खेल खेल्दै अर्जेन्टिनाका लियोनल मेसीसँगै सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान बराबरी गरिसकेका थिए। कंगो विरुद्ध रोनाल्डोले भने सकेनन्। तर दोस्रो खेलमा विश्वकपको डेब्युटान्ट टोली विरुद्ध रोनाल्डो दुई गोल गरे। पोर्चुगलले ५-० को शानदार जित हात पार्‍यो। यसमा रोनाल्डोले कीर्तिमानी गोल पनि गरे। उज्वेकिस्तान विरुद्ध गोलको खाता खोल्दै रोनाल्डो लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने। यसअघि कसैले पनि लगातार ६ विश्वकपमा गोल गर्न सकेका थिएनन्।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका छन्। रोनाल्डोले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यु गरेका थिए। उनले सन् २०२६ सम्म आइपुग्दा पनि निरन्तर गोलको यात्रा कायम राखेका छन्। उज्वेकिस्तान विरुद्धको खेलमा रोनाल्डोले पहिलो गोल ६ अक अर्थात छैटौं मिनेटमै गरेका थिए। यसमा अर्को रमाइलो संयोग के छ भने रोनाल्डोले विश्वकपमा पछिल्लो पटक सन् २०२२ मा कतारमा घाना विरुद्ध गोल गरेपछि पहिलो पटक गोल गरेका हुन्। रोनाल्डोले उज्वेकिस्तान विरुद्ध खेलमा ६ सट अन टार्गेट राखेका थिए। यसमा पनि ६ अंककै संयोग जुरिएको थियो।

रोनाल्डोले उज्वेकिस्तान विरुद्ध २३०औं अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा उनले कीर्तिमानी १४५ गोल गरेका छन्। यस्ते फिफा विश्वकपमा रोनाल्डोले २४ औं खेल खेले। अब समूहको अन्तिम खेलमा कोलम्बिया विरुद्ध मैदान उत्रिएपछि रोनाल्डोले जर्मनीका अर्का लेजेन्ड लोथार म्याथ्युजको २५ खेलसँग बराबरी गर्नेछन्।