११ असार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रूटेबीच बुधवार अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा औपचारिक भेटवार्ता भएको छ। उक्त भेटवार्तामा रूटेले इरान सम्बन्धी विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। रूटेको भनाइ अनुसार, ट्रम्पले इरानलाई लिएर चालेको कदम महत्वपूर्ण छ। उनले भने, ‘सबैभन्दा पहिलो कुरा इरानले लगभग हासिल गर्न लागेको परमाणु क्षमताको हो, जुन क्षमता सम्पूर्ण विश्वका लागि ठूलो खतरा बन्न सक्थ्यो।’
रूटेले थपे कि, इरान परमाणु क्षमता हासिल गर्न निकै नजिक पुगेको छ। ‘जी–७ का सबै नेताहरूले उक्त क्षमतालाई ठूलो हदसम्म कमजोर पारिएको भन्दै प्रशंसा गरेका छन्,’ उनले जानकारी दिएका छन्।
भेटवार्तामा केही साना घटनाका कारण ट्रम्प असन्तुष्ट भए तापनि उनले समग्रमा युरोपेली सहयोगीहरूले अमेरिकाको साथमा उभिएका छन् भन्ने कुरामा जोड दिए। यद्यपि अमेरिकाका राष्ट्रपतिले युरोपेली सहयोगीहरूको व्यवहारप्रति निराशा व्यक्त गर्दै भने, ‘यदि मेरो ठाउँमा अरू कोही भएको भए आज तपाईंसँग हाम्रो यो बैठक पनि भईरहेको हुन्थेन। उनीहरूले ‘हामी सहयोग गर्न चाहन्छौं’ भनेको भए राम्रो हुन्थ्यो।’

