भेनेजुएलामा दुईवटा शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति पुगेको छ। धेरै आवासीय तथा अन्य संरचनाहरू भत्किएका छन् भने देशभर सङ्कटकाालको घोषणा गरिएको छ। उद्धार कार्यकर्ता भत्किएका भवनका भग्नावशेषमा मानिसहरूको खोजी गरिरहेकाछन्।
राजधानी काराकसमा भग्नावशेषभित्र केही व्यक्तिहरूले सहायता मागिरहेको सूचित भएको छ। काराकसस्थित विमानस्थलमा भूकम्पपछि देखिएका अवस्थाको भिडिओ पनि उपलब्ध छ।

