Skip to main content

ओपनएआईले आफ्नै एआई चिप ‘जलापेनो’ सार्वजनिक गर्‍यो

११ असार, काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफैले डिजाइन गरेको पहिलो एआई चिप ‘जलापेनो’ सार्वजनिक गरेको छ। कम्पनीले सेमिकन्डक्टर निर्माता ‘ब्रोडकम’सँग सहकार्यमा यो चिप उत्पादन गरेको जनाएको छ। यो नयाँ चिप च्याटजीपीटी, कोडेक्स, र भविष्यमा आउने अत्याधुनिक एआई एजेन्टहरूलाई सुरक्षित, भरपर्दो र तीव्र गतिमा चलाउनका लागि तयार पारिएको कम्पनीले बताएको छ।
अहिलेसम्म ओपनएआई आफ्ना मोडेलहरू चलाउन एनभिडिया जस्ता अन्य कम्पनीका चिपहरूमा निर्भर हुन्थ्यो। ओपनएआईका अनुसार, एआईको विकासमा चिपहरू अत्यन्त महत्वपूर्ण आधार हुन्। आफ्नै चिप भएपछि कम्पनीले कम लागतमा व्यापक मान्छेहरूका लागि एआई सेवाहरू उपलब्ध गराउन सक्षम हुनेछ। यस कदमले विश्वव्यापी एआई बजारमा ठूलो परिवर्तन ल्याउने र एआई प्रविधिको पहुँचलाई अझ विस्तार गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।