११ असार, काठमाडौं । रास्वपाका सहमहामन्त्री पदको लागि निशा डाँगीले उम्मेदवारी घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई यस पदका लागि प्रस्ताव गरेकी हुन्। ‘अबको यात्रा सहमहामन्त्रीको,’ डाँगीले फेसबुकमा लेखेकी छन्, ‘सबैजनालाई साथ दिन अनुरोध गर्दछु।’ उनलाई पहिले केन्द्रीय सदस्यको रूपमा काम गरिसकेकी छन् र उनी झापा–१ क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन्।

