Skip to main content

आइभरी कोस्टले कुरासाउलाई हराउँदै पहिलो पटक नकआउट चरण प्रवेश गर्‍यो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा कुरासाउमाथि जित हात पार्दै आइभरी कोस्टले नकआउट चरणमा प्रवेश पक्का गरेको छ। १२ असार, काठमाडौं। शुक्रबार बिहान सम्पन्न खेलमा आइभरी कोस्टले कुरासाउविरुद्ध २–० गोलअन्तरले जित हासिल गर्‍यो। खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरेका थिए। उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरे।

समूहमा जर्मनीले ३ खेलमा २ जित र १ हारसहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता भएर नकआउट चरणका लागि स्थान सुरक्षित गर्‍यो। आजको जितसँगै आइभरी कोस्टले पनि समान अवस्थामा दुई जित र एक हारसहित ६ अंक जोड्दै गोलअन्तरमा पछि परेको कारण समूह उपविजेता बन्न सीमित रह्यो। आजै खेल भएको अर्को खेलमा इक्वेडरले जर्मनीबाट पराजित भएता पनि एक हार, एक बराबरी र एक जितसहित ४ अंक जोडेर अंक तालिकामा तेस्रो स्थानमा रह्यो। यद्यपि उत्कृष्ट तेस्रो टोलीको रूपमा इक्वेडरले पनि नकआउट चरणको यात्रा सुनिश्चित गर्‍यो। कुरासाउ भने तीन खेलमा एक बराबरी र दुई हारसहित प्रतियोगिताबाट बाहिरिएको छ।