Skip to main content

ओपनएआईले सार्वजनिक गर्‍यो आफ्नै एआई चिप ‘जलापेनो’

च्याटजीपीटी निर्माण गर्ने कम्पनी ओपनएआईले आफैले डिजाईन गरेको पहिलो एआई चिप ‘जलापेनो’ सार्वजनिक गरेको छ। कम्पनीले सेमिकन्डक्टर निर्माता ‘ब्रोडकम’सँग सहकार्यमा यो चिप उत्पादन गरेको जानकारी दिएको छ। नयाँ चिपलाई च्याटजीपीटी, कोडेक्स र आगामी अत्याधुनिक एआई एजेन्टहरूलाई सुरक्षित, भरपर्दो र तीव्र गतिमा सञ्चालन गर्न उद्देश्यसहित तयार पारिएको कम्पनीले जनाएको छ।

अहिलेसम्म ओपनएआईले आफ्ना मोडेलहरू चलाउन एनभिडिया जस्ता अन्य कम्पनीका चिपहरूमा निर्भरता राखेको थियो। कम्पनीको भनाइ अनुसार, एआईको विकासका लागि चिपहरू अत्यन्त महत्वपूर्ण आधार हुन्। आफ्नै चिप विकास गरेपछि कम्पनीले कम लागतमा धेरै मानिसलाई एआई सेवा उपलब्ध गराउन सक्षम हुनेछ। यस कदमले विश्वव्यापी एआई बजारमा ठुलो परिवर्तन ल्याउने र एआई प्रविधिको पहुँच अझ व्यापक बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।