अहिलेको गोलसँगै खेल १–१ को बराबरीमा छ। १२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत जापान र स्विडेनबीच जारी खेलमा स्विडेनले गोल फर्काएको छ। खेलको ६२औं मिनेटमा स्विडेनका एन्थोनी एलान्गाले गोल फर्काएका हुन्। यसअघि ५६औं मिनेटमा खेलको पहिलो गोल जापानका डाइजेन मैडाले गरेका थिए। अहिलेको गोलसँगै खेल १–१ को बराबरीमा छ।

