फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा अमेरिकाविरुद्ध टर्कीले अग्रता लिएको छ। १२ असार, काठमाडौं। टर्कीका लागि ३१औं मिनेटमा ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाएका हुन्। यसअघि अमेरिकाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। अमेरिकाका लागि अस्टिन ट्रस्टीले गोल गरेका थिए। त्यसैगरी, खेलको १०औं मिनेटमा टर्कीका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

