Skip to main content

अष्ट्रेलिया समूहको उपविजेता बनेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

अष्ट्रेलिया समूहको उपविजेता बनेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा शुक्रबार बिहान सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो। खेलभरि दुवै टोलीले गोल गर्ने उत्तिकै अवसर पाए पनि गोल गर्न सकेनन्।

समूह ‘डी’ बाट अष्ट्रेलिया उपविजेता बनेर नकआउटमा पुगेको छ भने सहआयोजक अमेरिका ६ अंकसहित शीर्ष स्थानमा छ। अष्ट्रेलियासँग बराबरी खेलेको पाराग्वेको नकआउट चरणमा पुग्ने सम्भावना पनि कायम छ। तेस्रो स्थानमा रहेका टोलीमध्ये चौथो स्थानमा रहेको पाराग्वेले नकआउटमा पुग्ने-नपुग्ने निर्णय अन्य खेलहरूको परिणाममा भर पर्नुपर्ने छ।

तेस्रोमध्ये उत्कृष्ट ८ मा पर्न सके मात्र पाराग्वे नकआउट चरणमा प्रवेश गर्नेछ। अष्ट्रेलियाले यो पटक फेला तेस्रो पटक नकआउट चरणमा स्थान बनाएको हो। ७ पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया सन् २००६ र २०२२ को विश्वकपमा समूह चरण पार गरिसकेको छ। उक्त समूहबाट ७ अंकसहित विजेता बनेर अमेरिका नकआउटमा प्रवेश गरेको छ भने टर्की ३ अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ।