१२ असार, काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ संगमटोलस्थित एक घरको नजिक संकास्पद वस्तु फेला परेको छ। उक्त वस्तु नेपाली सेनाले सुरक्षित तरिकाले डिस्पोज गरेको छ। कालीभञ्जन गणबाट खटेको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो वस्तु नष्ट गरेको जानकारी दिएको छ।