श्रीलङ्कामा वायुसेनाका सैनिकहरूले चढेको एउटा बसमा जङ्गली हात्तीले आक्रमण गरेको एउटा भिडिओ सार्वजनिक भएको छ। यो घटना २३ जुन मंगलबार श्रीलङ्काको दक्षिणी प्रान्तमा पर्ने किरिन्डा सहरमा भएको हो। हात्तीको आक्रमणको क्रममा कुनै पनि व्यक्ति घाइते नभएको भए तापनि बसमा क्षति पुगेको छ।
श्रीलङ्काका वनजङ्गल क्षेत्रमा कहिलेकाहीं जङ्गली हात्तीहरूले मानिस र सवारी साधनमाथि आक्रमण गर्ने गरेका छन्।

