Skip to main content

मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुँदै

१२ असार, काठमाडौं । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा पहिलो मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना गर्न लागिएको छ । काठमाडौं महानगर–७ स्थित सिफलमा सम्पन्न हुने यस प्रतियोगितामा छ वटा खेलहरू समावेश गरिएका छन्। डण्डिबियो, बाघचाल, बुद्धिचाल, रस्साकस्सी, घैटौ फोर र सटपुट यी खेलहरूमा सहभागिता हुनेछ।

दुई दिने यो प्रतियोगितामा बाघचाल र बुद्धिचाल खेलहरू थापाथली चेस पार्कमा आयोजना गरिनेछन्। नेपाली खेलकुदको विकास र सांस्कृतिक संरक्षण दुबैका दृष्टिले यो खेल महोत्सव लाभदायक हुने अपेक्षा गरिएको छ। खुला स्पर्धा भएकाले बुद्धिचालमा राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ।