Skip to main content

पहिलो हाफमा इराकविरुद्ध सेनेगलको १-० गोलको अग्रता

खेलको चौथो मिनेटमै सेनेगलका हबिब डियारा गोल गर्न सफल भए। त्यसपछि दुवै टोलीले पहिलो हाफमा अर्को गोल थप्न सकेनन्। १३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलको पहिलो हाफ सकिँदा सेनेगल १-० ले अग्रता कायम छ। खेलको चौथो मिनेटमै सेनेगलका लागि हबिब डियारा गोल प्रहार गरेका थिए। त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन्। खेलको १३औं मिनेटमा इराकका रेबिन सुलाकाले रेड कार्ड पाएर मैदान छोड्न बाध्य भए। यसले गर्दा इराकको टोली १० खेलाडीमा सीमित भएको छ।