Skip to main content

इरानका कप्तानले पेनाल्टी गुमाएपछि इजिप्टसँग पहिलो हाफ १–१ मा बराबरी

खेलको ११औं मिनेटमा इरानले पेनाल्टी पाएको थियो, तर इरानका कप्तान मेहदी तारेमीले गोल गर्न असफल भएका थिए। १३ असार, काठमाडौं। फिफा विश्वकप फुटबल अन्तर्गत सिटल स्टेडियममा सम्पन्न पहिलो हाफमा इजिप्ट र इरानबीच स्कोर १–१ मा बराबरी भएको छ। खेलको पाँचौं मिनेटमा इजिप्टका महमुद साबेरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि ११औं मिनेटमा इरानले पेनाल्टी पाएको अवसर गुमायो। १४औं मिनेटमा रमिन रजाइनले गोल गर्दै इरानलाई प्रतिस्पर्धामा फर्काए। पहिलो हाफमा थप गोल हुन सकेन।