फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले उत्कृष्ट कमब्याक गरेको छ। कंगोले उज्बेकिस्तानलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाएको छ। खेलको दशौं मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ६८ औं मिनेटमा कंगोका योवान विसालेले पेनाल्टीमार्फत बराबरी गोल गरेपछि, ७८ औं मिनेटमा फिस्टन मायेलेले विजयी गोल गरेका छन्। १४ असार, काठमाडौं।
फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले शानदार कमब्याक गरेको छ। कंगोले १० मिनेटभित्र दुई गोल गर्दै अग्रता लिएको हो। ७८ औं मिनेटमा फिस्टन मायेलेले गोल गर्दै कंगोलाई अग्रता दिलाएका छन्। त्यसअघि १० मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि लामो समयसम्म गोल नहुँदा उज्बेकिस्तान १–० गोलअन्तरले अगाडि रहेको थियो। तर खेलको ६८ औं मिनेटमा कंगोका योवान विसालेले पेनाल्टीमार्फत गोल गरेपछि कंगोले बराबरी गरेको थियो।

