दुई पटकको च्याम्पियन उरुग्वे पनि समूह चरणमा बिना जित बाहिरिएको छ। फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीहरू निश्चित भएका छन्। यस पटक विश्वकपमा टोली संख्या ४८ पुगेको छ र १२ समूहबाट उत्कृष्ट टोलीहरूले नकआउट चरणमा प्रवेश गरेका छन्।
काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह चरणका सबै ७२ खेलहरु सकिएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीहरूको अन्तिम सूची तयार भएको छ भने १६ टोली समूह चरणमै बाहिरिएका छन्। तीमध्ये दुई पटकको पूर्व विजेता उरुग्वे पनि बिना जित समूह चरणबाट बाहिरिएको छ। यस पटक टोली संख्या ४८ पुर्याउँदा समूह विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहेका उत्कृष्ट ८ टोलीलाई पनि नकआउट चरणमा लैजान सकिने व्यवस्था गरिएको थियो। तर, उरुग्वे त्यो सफल हुन सकेन।
१२ समूहमा विभाजन गरेर समूह चरणका खेलहरू आयोजना गरिएका थिए। प्रत्येक समूहको चौथो स्थानमा रहेका १२ टोली र तेस्रो स्थानमा रहेका उत्कृष्ट ८ टोलीमा नपरेका ४ टोली गरी कुल १६ टोलीको विश्वकप यात्रा समूह चरणमै समाप्त भयो। तेस्रो स्थानमा रहँदा छनोट हुन असफल भएका टोलीहरूमा उरुग्वे, दक्षिण कोरिया, इरान र स्कटल्यान्ड रहेका छन्। त्यस्तै प्रत्येक समूहको अन्तिम स्थानमा रहेका टोलीहरूमा चेक रिपब्लिक, कतार, हाइटी, टर्की, कुरासाओ, ट्युनिसिया, न्यूजिल्यान्ड, साउदी अरेबिया, इरान, जोर्डन, उज्बेकिस्तान र पानामा रहेका छन्।

