अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको फाइनल प्रवेश सुनिश्चित गरेको छ। मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्यो। वेस्ट इन्डिजले दिएको १२६ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभर २ विकेटमा पुरा गर्यो। बेथ मुनीले अविजित ६१ रन बनाइन् भने एस्ले गार्डनर ३५ रनमा नट आउट रहिन्।
वेस्ट इन्डिजले टस गुमाएर ब्याटिङ सुरु गर्न पुग्दा २० ओभरमा ७ विकेट गुमाएर १२५ रन बनायो। कप्तान हेली म्याथ्युजले सर्वाधिक ३० रन बनाए, डियान्द्रा डटिन २६ रनमा अविजित थिइन्। शेमान क्याम्पबेलले २२, क्विना जोसेफले १६, र जानिलिया ग्लासग्लोले १५ रन बनाए। अस्ट्रेलियाका लागि कप्तान सोफी मोलिनक्स, एस्ले गार्डनर र जर्जिया वेरहामले २-२ विकेट लिए भने एनाबेल सदरल्यान्डले १ विकेट लिए। अस्ट्रेलियाको महिला क्रिकेट टोली ६ पटक टी-२० विश्वकपको विजेता रहिसकेको छ र अब फाइनलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

