Skip to main content

प्रदर्शनको साथसाथै क्षणहरूको आनन्द लिइरहेको छु : एम्बाप्पे

स्वीडेनमाथि सहज जित निकाल्दै दुई गोल गरेर ‘प्लेयर अफ द म्याच’ बनेका किलियन एम्बाप्पेले फिफा विश्वकपका क्षणहरूको पूरा आनन्द लिइरहेको बताएका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेपछि फ्रान्सका कप्तान एम्बाप्पेले आफ्नो उत्कृष्ट प्रदर्शनसँगै यस प्रतियोगिताका प्रत्येक क्षणको आनन्द लिइरहेको बताए। स्वीडेनविरुद्ध दुई गोल गर्दै म्यान अफ द म्याच घोषित भएका एम्बाप्पेले भने, “अहिले म राम्रो प्रदर्शन गर्दैछु र विश्वकपका हरेक क्षणको पनि आनन्द लिइरहेको छु।”

अहिलेसम्म १८ विश्वकप खेलहरूमा १८ गोल गरिसकेका एम्बाप्पे यो प्रतियोगितामा पनि ६ गोलसहित अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्।

१७ असार, काठमाडौं – फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो प्रदर्शनको साथसाथै विश्वकपका क्षणहरूको मजा पनि लिइरहेको बताएका छन्। स्वीडेनमाथि सहज विजय निकाल्दा दुई गोल गरेका एम्बाप्पे ‘प्लेयर अफ द म्याच’ घोषित भए र विश्वकपका हरेक क्षणको आनन्द लिँदै आएको बताए।

उनले भने, ‘म सधैं भन्न चाहन्थें कि यस पटकको विश्वकपको पूर्ण आनन्द लिन चाहन्छु। मैले पहिले पनि रमाइलो गरें तर तब म कम उमेरको थिएँ। मेरो मुख्य ध्यान राम्रो प्रदर्शनमा थियो।’

एम्बाप्पेले थपे, ‘अब मलाई लाग्छ म राम्रो प्रदर्शन गर्नसक्छु र यस क्षणको पनि आनन्द लिन सक्छु, र म दुवै कुरामा सफल छु।’

उत्तर अमेरिकी मञ्चमा जारी यस विश्वकपमा उनले ४ खेलमा ६ गोल गरेका छन् र अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन्। उनले हालसम्म विश्वकपमा १८ खेल खेलेर १८ गोल पूरा गरिसकेका छन्।