समाचार सारांश फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्वीडेनविरुद्ध अग्रता कायम गरेको छ। खेलको ४५औं मिनेटमा किलियन एम्बाप्पेले उस्मान डेम्बेलेको पासमा गोल गर्दै टोलीलाई नेतृत्व दिलाएका छन्। न्यूयोर्क, न्यू जर्सी रंगशालामा जारी सो खेलमा एम्बाप्पेले डिबक्सभित्र उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल गरेका हुन्। १६ असार, काठमाडौं। किलियन एम्बाप्पेको गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध अग्रता लिएको छ। न्यूयोर्क, न्यू जर्सी रंगशालामा जारी खेलको ४५औं मिनेटमा फ्रान्सले अग्रता लिएको हो। उस्मान डेम्बेलेको पासमा एम्बाप्पेले डिबक्सभित्र उत्कृष्ट मौकामा गोल गर्ने सफलता हासिल गरे। पहिलो हाफको खेल सकिंदा फ्रान्स एक गोलले अघि छ। पहिलो हाफमा फ्रान्सले स्वीडेनलाई दबाबमा राख्न सफल भएको छ।

