नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरी युरोपियन टी-२० प्रिमियर लिग खेल्न आम्सरडम फ्लेम्समा अनुबन्धित भएका छन्। आम्सरडम फ्लेम्सले मिचेल मार्शको कप्तानीमा स्टिभ स्मिथ र टिम डेबिडजस्ता चर्चित खेलाडीहरूसँगै ऐरीलाई टोलीमा सामेल गरेको छ।
फ्लेम्सले बुधबार इन्स्टाग्राममार्फत ऐरीलाई अनुबन्ध गरेको घोषणा गरेको छ। रोटरडम डर्कसले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ। युरोपको विभिन्न चार राष्ट्रमा आयोजना हुन लागेको युरोपियन टी-२० प्रिमियर लिग फ्रेन्चाइजमा आधारित नयाँ टी–२० क्रिकेट लिग हो।
आईसीसीको स्वीकृति पाएको बहुराष्ट्रिय टी–२० लिगका रूपमा ईटीपीएल पहिलो प्रतियोगिता हुनेछ।

