Skip to main content

कोरिया जाने नेपाली श्रमिकहरूको भिसा शुल्कमा वृद्धि

१८ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान चाहने नेपाली श्रमिकहरूको भिसा शुल्कमा वृद्धि गरिएको छ। नेपालस्थित दक्षिण कोरियाली दूतावासले भिसा शुल्क वृद्धि गरिएको जानकारी जारी गरेको छ। वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखा कार्यालयले विस्तृत जानकारी दिँदै कोरियाली दूतावासले लिने सीसीभीआई भिसा शुल्कमा ६ सय रुपैयाँले वृद्धि गरिएको जनाएको छ। पहिले १० हजार ७०० रुपैयाँ रहेको भिसा शुल्क अब ११ हजार ३०० रुपैयाँ पुगेको छ। कोरियाली दूतावासले २०८३ असार १७ गते जारी गरेको पत्रको आधारमा नयाँ शुल्क लागू गरिएको शाखाले स्पष्ट पारेको छ।

शाखाबाट प्राप्त जानकारीअनुसार, ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने र सीसीभीआई भिसा प्राप्त गर्ने श्रमिकहरूले आफ्नै उपस्थितिमा ईपीएस कोरिया शाखामा फाराम बुझाउनु पर्नेछ। नयाँ नियम अनुसार, श्रमिकहरूले ११ हजार ३०० रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुरको नाममा रहेको नेपाल बैंकको ग्वार्को शाखामा जम्मा गरिसकेपछि सक्कल भौचर र सीसीभीआईसहित शाखामा पेश गर्नुपर्नेछ। विभागले एउटै व्यक्तिको नाममा दोहोर्याएर भुक्तानी भएमा रकम फिर्ता नहुने जानकारी दिँदै भिसा शुल्क बुझाउँदा विशेष सावधानी अपनाउन सबै श्रमिकहरूलाई अनुरोध गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ