खामेनीको शव मस्जिदमा राखियो, पाकिस्तानदेखि चीनका नेता इरानमा श्रद्धाञ्जली अर्पण गर्न उपस्थित
१९ असार, काठमाडौं । अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनी र उनका परिवारका शव अन्तिम श्रद्धाञ्जलीका लागि तेहरानस्थित एक मस्जिदमा राखिएका छन्। तेहरानको उक्त मस्जिदमा उनको शव राखिएको खबर आएको छ। केही विदेशी पाहुनाहरु अन्तिम श्रद्धाञ्जलीका लागि तेहरान पुगेका छन् र प्रार्थनासभामा सहभागी भएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
त्यसमा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी, अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री अमिन खान मुत्तकी, साथै चिनियाँ कम्युनिस्ट पार्टीका उपप्रमुख पनि तेहरानमा उपस्थित रहेका छन्। यस्तै भारत, चीन र ताजकिस्तानका केही अधिकारीहरु पनि श्रद्धाञ्जलीसभामा सहभागी हुन पुगेको समाचार आएको छ।
गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता खामेनीलाई लक्षित गर्दै अमेरिकाले र इजरायलले संयुक्त रुपमा हमला गर्दा उनी मारिएका थिए। सो घटनामा उनका एक छोरी, ज्वाइँ र बुहारी (हालका सर्वोच्च नेता मोजतबा खामेनीकी पत्नी) सहित परिवारका केही सदस्यहरु पनि मृत्यु भएका थिए। उनको अन्त्येष्टि आगामी बुधबार गरिने बताइएको छ।

