Skip to main content

प्यारो राष्ट्र नेपाल

तराई, मधेश, पहाड र हिमाल। विश्वकै शिखर सगरमाथा हिमाल। सयौं जातजातिले बनेको यो नेपाल। सबै नेपालीको छाती विशाल छ। म हुँ नेपाली, मेरो राष्ट्र नेपाल। प्राणभन्दा प्यारो राष्ट्र नेपाल।। गढीमाई, दन्तकाली र छिन्नमस्ताको शिर। मठ, मन्दिर, गुम्बा र मस्जिदको तस्वीर। अरनिको, बुद्ध, भृकुटी र सीताको झ्याल। नदीनाला, झरना, खोला, पोखरी र ताल। म हुँ नेपाली, मेरो राष्ट्र नेपाल। प्राणभन्दा प्यारो राष्ट्र नेपाल।। जितिया, गौरा, इद र ल्होसार। कृषि, महर्षिको अनुपम भण्डार। काँडेभ्याकुर, डाँफे र मुनाल। दशरथ, भक्ति र गंगालाल। म हुँ नेपाली, मेरो राष्ट्र नेपाल। प्राणभन्दा प्यारो राष्ट्र नेपाल।। दोचा, दौरा, धोती, कुर्ता र सुरुवाल। इन्द्रेणीझैं भाषाभाषीको पर्खाल। मादल, नगर, डम्फू र करताल। सूर्य, चन्द्र अंकित झण्डा कमाल। म हुँ नेपाली, मेरो राष्ट्र नेपाल। प्राणभन्दा प्यारो राष्ट्र नेपाल।।