१९ असार, पोखरा । एलजीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा घरेलु उपकरणको नयाँ श्रृंखला ‘इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ। पोखरास्थित टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममार्फत उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको इसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई समेटेको कम्पनीले जनाएको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकताहरू र स्थानीय वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ।
नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टप लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर समावेश छन्। इसेन्सियल सिरिज डबल डोर रेफ्रिजेरेटर फ्रोस्ट फ्री प्रविधि सहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ। स्मार्ट मोड सुविधाले मौसमी आवश्यकताअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी ठूलो तरकारी भण्डारण क्षमता नेपाली परिवारको आवश्यकता प्रभावकारी रूपमा सम्बोधन गर्ने कम्पनीको दाबी छ।
इसेन्सियल सिरिज फुल्ली अटोमेटिक टप लोड वासिङ मेसिन नेपालका विभिन्न वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बीएमसी कभर र आईपीएक्स–४ प्रमाणित वाटर–रेजिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधा समावेश छन्। साथै, लो–प्रेसर फिल प्रविधिले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गराउने कम्पनीले बताएका छन्।
इसेन्सियल सिरिज रुम एयर कन्डिसनर ऊर्जा दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कुलिङ र हिटिङ सुविधा प्रदान गर्छ। परम्परागत नन–इनभर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ। साथै न्यून ध्वनीमा सञ्चालन हुने भएकाले प्रयोगकर्तालाई अधिक आरामदायी अनुभव दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार इसेन्सियल सिरिजको बिक्री–वितरण नेपालभर जून २०२६ देखि सुरु भइसकेको छ। प्रारम्भिक मोडेलको मूल्य करिब ४९ हजार ६९० रूपैयाँबाट सुरु हुनेछ। यी उत्पादनहरू देशभरका आधिकारिक ब्रान्ड सप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।

