Skip to main content

मोरक्कोले दुई गोलको अग्रता बनायो

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी रहेको खेलमा अज्जेदिन ओउनाहीको दोस्रो गोलले मोरक्कोलाई दुई गोलको अग्रता दिलाएको छ। २० असार, काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध दुई गोलले अग्रता बनाएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलमा अज्जेदिन ओउनाहीले दोस्रो गोल गर्दै मोरक्कोलाई दुई गोलले अगाडि बढाएका हुन्। ८२ औं मिनेटमा ब्राहिम डिआइएजबाट आएको पासमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल गरेका हुन्। यसअघि ५० औं मिनेटमा कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले मोरक्कोको पहिलो गोल पनि गरेका थिए।