Skip to main content

अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो

अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको छ। २३ असार, काठमाडौं। एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको छ। खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे। त्यसको ५ मिनेटपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गरी अर्जेन्टिनालाई ३–२ को जित दिलाए।

अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरियो। इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरणमा प्रवेश गरेको थियो। मेसी विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनी विश्वकपका सर्वाधिक (३१) खेल खेल्ने, सर्वाधिक (२१) गोल गर्ने र सर्वाधिक ६ पटक विश्वकप खेल्दा कीर्तिमान कायम गरेका छन्।