Skip to main content

बैंक र वित्तीय संस्थाहरुको कार्यक्षेत्र वर्गीकरण गर्ने निर्णय

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको कार्यक्षेत्र वर्गीकरण गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले उक्त वर्गीकरणका लागि अध्ययन गरिरहेको छ। यसक्रममा पूर्वाधार बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्थाहरू तथा विभिन्न पेन्सन फण्डहरूलाई वर्गीकरण गर्ने तयारी भइरहेको छ। यी संस्थाहरूले गर्ने कार्यहरूमा समानता देखिएको हुँदा केन्द्रीय बैंकले तिनीहरूलाई लक्षित कार्यक्षेत्र तोक्न अध्ययन थालनी गरेको हो। आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरणसम्बन्धी अध्ययन पुरा गरी सो अनुरूप बैंक तथा गैरबैंक वित्तीय संस्थाहरूलाई लक्षित कार्यक्षेत्रमा सेवा विस्तार र प्रोत्साहन गर्ने नियामकीय व्यवस्था क्रमशः लागू गर्ने बताएको छ।