फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरे पनि दोस्रो हाफमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका छन्। २५ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोविरुद्ध अग्रता लिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा एमबाप्पेले ६०औं मिनेटमा गोल गरेका थिए।
एमबाप्पेले पहिलो हाफको २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले सफलतापूर्वक रोक्न सफल भएका थिए। साविक उपविजेता फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित केही राम्रो अवसर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन, भने मोरक्कोका गोलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलको चौथो मिनेटमा पनि बोनोले उपामेकानोको हेडर बचाएका थिए।
२५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्स भित्र फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए। रेफ्रीले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो। एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै रोकिदिएका थिए। त्यसैगरी फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार पनि यासिन बोनोले बचाएका थिए।






