भेनेजुएलामा गएको शक्तिशाली भूकम्पले ३ हजार ८ सय ८९ जनाको मृत्यु भएको नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले जानकारी दिएका छन्। भूकम्पमा १६ हजार ७ सय ४० जना घाइते भएका छन् भने १७ हजार ९ सय ७ जना घरबारविहीन भएका छन्। गत जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पपछि १९० वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र सहायता कार्य निरन्तर जारी छ।
जर्ज रोड्रिगेजले आफ्नो टेलिग्राम च्यानलमार्फत भूकम्पले ८ सय ५६ वटा भवनहरूमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्। उद्धार कार्यका क्रममा ६ हजार ४ सय ६२ जनालाई सुरक्षित उद्धार गरिएको छ। त्यस्तै, २८ हजार ८ सय ३६ जनाले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार पाएका छन्। अहिलेसम्म ८६ हजार ७ सय ९४ परिवारलाई सहायता उपलब्ध गराइएको छ। प्रभावितहरूलाई ९ हजार ६ सय ३ टन खाद्य सामग्री वितरण गरिएको छ।
गत जुन २४ को बेलुका शक्तिशाली भूकम्प गएको थियो। त्यतिबेला ४० सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा भूकम्पका झट्का रेकर्ड गरिएका थिए। ती भूकम्पहरूको केन्द्रबिन्दु याराकुई राज्यमा १० किलोमिटरको दूरीमा रहेको थियो।






