Skip to main content

भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपालको प्रतिस्पर्धात्मक योगफल

ओपनर कुशल भुर्तेलले १०५ रनको शतकीय इनिङ खेल्दै जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा नेपालले चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको छ। वर्षाका कारण खेल अवरुद्ध हुनुअघि नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर २४६ रन बनाएपछि इनिङ ब्रेक घोषणा गरिएको छ। नेपाली टोलीले बुधबार जर्सीसँग अर्को अभ्यास खेल खेलेपछि नेदरल्यान्ड्समा नामिबिया पनि सहभागी हुने लिग २ को त्रिदेशीय शृङ्खलामा सहभागिता जनाउने छ। २९ असार, काठमाडौं। ओपनर कुशल भुर्तेलले शतक बनाएपछि नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ। जर्सीको ग्रानभिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर २४६ रन बनाएपछि वर्षाले गर्दा इनिङ ब्रेक घोषणा गरिएको हो। यसअघि ३१औं ओभरमा नेपाल १५८-२ को अवस्थामा थियो, तर वर्षा भएपछि खेल करिब डेढ घण्टा रोकियो। खेल पुनः सुरु हुँदा ओभर घटाइएको थिएन। भुर्तेलले ११७ बलमा १०५ रन बनाएर आउट भए। उनले १३ चौका प्रहार गरेका थिए। त्यस्तै भीम सार्कीले ३९ रन बनाएका छन्। एक समय २९औं ओभरमा नेपाल १४८-१ र ३५औं ओवरमा १७२-२ को बलियो स्थितिमा रहेको पनि देखियो, तर त्यसपछि टोलीको ब्याटिङ कमजोर भयो। जर्सीका लागि डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रीनवूडले २-२ विकेट लिने क्रममा जर्ज रिचर्डसन र चार्ल्स पर्चार्डले १-१ विकेट लिए। जर्सीसँग बुधबार अर्को एकदिवसीय खेल खेलेपछि नेपाल नेदरल्यान्ड्समा नामिबिया समेत सहभागी हुने लिग २ को त्रिदेशीय शृङ्खलामा भाग लिनेछ।