Skip to main content

कराते टोली बंगलादेशतर्फ प्रस्थान

बंगलादेशको ढाका शहरमा हुने १०औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालका ८० जना खेलाडीले सहभागिता जनाउने भएका छन्। जुलाई १५ देखि १९ तारिखसम्म आयोजना गरिने उक्त प्रतियोगिताका लागि नेपाली टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूले बिदाइ कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन्। ३१ असार, काठमाडौं। १०औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालबाट ८० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता बंगलादेशको ढाका शहरमा जुलाई १५ देखि १९ सम्म सञ्चालन हुनेछ। नेपाली टोली बुधबार बंगलादेशतर्फ प्रस्थान गर्‍यो। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिका सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले बिदाइ कार्यक्रम आयोजना गरेका थिए। त्यस्तै, उक्त कार्यक्रममा राखेपका पूर्व सदस्य–सचिव समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो।