प्यू रिसर्च सेन्टरको पछिल्लो सर्वेक्षणले देखाएको छ कि विश्वका धेरै देशहरूमा चीनप्रति अमेरिकाभन्दा बढी सकारात्मक सोच रहेको छ। सर्भे गरिएको ३६ मध्ये २५ देशहरूमा चीनप्रति सकारात्मक दृष्टिकोण राख्नेहरूको संख्या अमेरिकाभन्दा बढी पाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति धेरै देशहरूमा बढी विश्वास रहेको अध्ययनले बताएको छ। ३२ असार, काठमाडौं।
प्यू रिसर्च सेन्टर अमेरिकामा आधारित स्वतन्त्र र प्रतिष्ठित अनुसन्धान संस्था हो र यसले यस प्रकारको नतिजा पहिलो पटक सार्वजनिक गरेको हो। धेरै देशहरूमा चीनप्रति सकारात्मक धारणा अहिलेसम्मकै उच्च स्तरमा पुगेको देखिन्छ भने अमेरिकाप्रतिको धारणा कमजोर भएको अध्ययनमा उल्लेख छ। सर्वेक्षणमा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ दुवैप्रति धेरै विश्वास देखाएका छैनन्। तथापि, ट्रम्पको तुलनामा सी चिनफिङप्रति बढी विश्वास व्यक्त गरिएको छ।
अमेरिका अझै पनि व्यक्तिगत स्वतन्त्रतालाई उच्च सम्मान गर्ने सरकारको रूपमा देखिए पनि, अन्य देशका मामिलामा हस्तक्षेप गर्न चीन अमेरिका भन्दा कम हस्तक्षेपकारी रहेको धारणा सर्वेक्षणले देखाएको छ। प्यू रिसर्च सेन्टरले फेब्रुअरीदेखि मेसम्म ३६ देशका ४२ हजार भन्दा बढी व्यक्तिबाट सर्वेक्षण गरेको थियो। अध्ययनले ३६ देशमध्य २५ देशमा चीनप्रतिको सकारात्मक धारणा अमेरिकाभन्दा बढी रहेको देखाएको छ।
सन् २०२३ मा इटाली, स्पेन, कोलम्बिया, मेक्सिको, इन्डोनेसिया, मलेसिया, नाइजेरिया र टर्कीमा चीनप्रतिको सकारात्मक धारणा सबैभन्दा उच्च स्तरमा पुगेको छ। अध्ययनले मध्यम आय भएका देशहरूमा चीनप्रति सकारात्मक धारणा बढी र धनी देशहरूमा चीनप्रति नकारात्मक धारणा बढी पाइने देखाएको छ। चीनप्रतिको सबैभन्दा सकारात्मक धारणा पाकिस्तानमा देखिएको छ, जहाँ करिब ९० प्रतिशतले चीनलाई समर्थन गरेका छन्।






