पाकिस्तान शान्ति स्थापना गर्न निरन्तर प्रयास जारी राख्ने प्रतिबद्ध
३२ असार, काठमाडौं । अमेरिका र इरानबीच पुनः द्वन्द्व सुरु भएपछि पाकिस्तानले दुवै पक्षबीच वार्ता गराउने आफ्नो निरन्तर प्रयास जारी राख्ने जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले इस्लामाबादमा पत्रकारहरूसँग कुराकानी गर्दै यसबारे जानकारी दिएका हुन् । पाकिस्तानकै मध्यस्थतामा अमेरिका र इरानबीच शान्ति वार्ता भई युद्ध अन्त्यका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । केही समयभित्रै दुवै देशबीच शान्ति सम्झौता हुने अपेक्षा गरिएको थियो । तर पुनः द्वन्द्व बढेसँगै पाकिस्तानले यसप्रकारको प्रतिक्रिया दिएको हो।
‘सम्झौता कार्यान्वयनमा धेरै चुनौतीहरू छन्,’ पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले भने, ‘तर पाकिस्तान सबै पक्षलाई हिंसा अन्त्य गर्न र प्राविधिक तहमा पुनः वार्ता सुरु गर्न निरन्तर अपिल गरिरहेको छ।’ उनले स्ट्रेट अफ होर्मुजको अवस्था पनि छिट्टै सामान्य हुने अपेक्षा व्यक्त गरे।






