Skip to main content

एसी चलाउँदा फ्यान मोड किन प्रयोग गर्नुपर्छ?

गर्मीमा एसी चलाउँदा सुरुमा १० मिनेट फ्यान मोडमा राख्दा कोठाको घुमेको हवा बाहिर निस्किन्छ र कम्प्रेसरमा पर्ने अनावश्यक दबाब कम हुन्छ। अहिले अफिस तथा घरमा एसीको प्रयोग बढ्दो छ। हामी गर्मीबाट बसेको कोठामा छिरेपछि सिधै कुल मोडमा राखेर तुरुन्तै कोठा चिसो बनाउने प्रयास गर्छौँ। तर विज्ञहरूले यस तरिकालाई उचित नठान्छन्। एसी प्रयोग गर्ने सही तरिका भनेको खोल्ने बित्तिकै ५ देखि १० मिनेट फ्यान मोडमा चलाउनु हो। यसले कोठाभित्रको गुमेको पुरानो हावालाई निकास गर्छ र त्यसपछि मात्र कुल मोडमा लानु उपयुक्त हुन्छ।

विशेषज्ञहरूको अनुसार, एसी अन गरेपछि तुरुन्तै कम तापक्रममा कुल मोड चलाउँदा कम्प्रेसरमा ठूलो दबाव पर्छ, जसले मेसिनलाई बढी मेहनत गर्न बाध्य बनाउँछ। यदि पहिले केही मिनेट फ्यान मोड चलाएर कोठामा जमेको हावा हटाइन्छ भने, एसीलाई विस्तारै काम गर्ने मौका मिल्छ र कम्प्रेसरमा अचानक लोड पर्दैन। यसले एसीको कार्यक्षमता सुधार्छ।

सुरुमै एसीलाई कुल मोडमा राख्दा कोठाभित्र ओसिलोपन बढ्छ। यदि एसी बन्द गर्नुअघि फ्यान मोड नचलाएमा यो ओसले पछि कोठामा फोहोर जम्मा गराउन सक्छ र दुर्गन्ध विकास गर्न सक्छ। यसकारण एसी बन्द गर्दै गर्दा पनि १० देखि १५ मिनेट फ्यान मोड अनिवार्य चलाउनु पर्ने विज्ञहरूको सुझाव छ। यसले भित्रको ओस हटाउँछ र एसीबाट आउने हावा सफा तथा ताजा रहन्छ। यस तरिकाले एसीमा कम दबाब पर्छ, बिजुली खपत कम हुन्छ र मेसिनको आयु बढ्छ।

सही तरिकाले एसी चलाउनु मात्रै पर्याप्त हुँदैन, यसको नियमित मर्मतसम्भार पनि आवश्यक छ। यदि फिल्टर र भित्री भागमा धुलो जम्मा भयो भने कुलिङ क्षमता कमजोर हुन्छ र बिजुली खपत बढी हुन्छ। वर्षमा कम्तीमा एक वा दुई पटक एसीको पूर्ण सर्भिसिंग गराउनुपर्ने विज्ञहरूको सल्लाह छ। आफैले फिल्टर सफा गर्ने हो भने हरेक २–३ हप्तामा सफा गर्नुपर्छ, जसले हावाको प्रवाह राम्रो राख्छ र मेसिन लामो समयसम्म बिना समस्या चलिरहन्छ।