ककरोच पार्टीका संस्थापक अभिजीत दीप अनिश्चितकालीन भोक हडतालमा बसेका छन्

२ साउन, काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीप अनिश्चितकालीन भोक हडतालमा बसेका छन्। पार्टीको आधिकारिक एक्स ह्यान्डलमार्फत शनिबार बिहान यसबारे जानकारी गराइएको छ। दिल्ली प्रहरीले पर्यावरण कार्यकर्ता सोनम वाङचुकलाई धर्नास्थलबाट जबर्जस्ती अस्पताल लगेको घटनापछि सीजेपीले संस्थापक अभिजीत आफैं भोक हडतालमा बस्ने निर्णय गरेको हो।
सीजेपीको एक्स ह्यान्डलमा भनिएको छ, ‘अभिजीत दीप अनिश्चितकालीन अनशनमा छन्। २० जुलाईको लागि तय गरिएको ‘चलो संसद्’ मार्च पूर्वनिर्धारित कार्यक्रम अनुसार जारी रहने छ।’ अभिजीत दीपले पनि एक्स पोस्टमार्फत यसको पुष्टि गरेका छन्।






