इङ्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा प्रकट गरे

इङ्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्दै एकदिन अवश्य आफ्नो यात्रा तय गर्ने बताउँदै नेपालप्रति आफ्नो माया प्रकट गरेका छन्। वन्यजन्तु संरक्षणमा सक्रिय पिटरसनले नेपालको प्रशंसा गर्दै विशेषगरी गैँडाप्रति आफ्नो गहिरो प्रेम रहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक पेजबाट भिडियो सन्देश प्रसारित भएपछि उनको नेपाल भ्रमणको सम्भावना थप बलियो भएको छ।
३ साउन, काठमाडौं। पिटरसनले सामाजिक सञ्जालमा एनपीएलको पेजमार्फत अपलोड गरिएको भिडियोमा नेपालको सुन्दरता उल्लेख गर्दै एकदिन अवश्य भ्रमण गर्ने बताए। उनले भने, ‘तपाईंहरूको सुन्दर देश अवश्य भ्रमण गर्नेछु। नेपालबारे धेरै राम्रो सुनिरहेको छु।’ वन्यजन्तु संरक्षणप्रति आफ्नो प्रतिबद्धता प्रकट गर्दै उनले विशेषगरी गैँडाप्रति आफ्नो माया रहेको बताए।
पिटरसनले भने, ‘म वन्यजन्तु संरक्षणमा कति समर्पित छु भनेर तपाईंहरूलाई थाहा छ। मलाई गैँडा धेरै मन पर्छ। एकदिन म नेपाल आउँदैछु, त्यो दिनको म उत्सुक प्रतीक्षामा छु।’ उनी अफ्रिकी क्षेत्रमा गैँडा संरक्षणका लागि विभिन्न अभियन्ताका रूपमा क्रियाशील रहँदै आएका छन्। केही दिनअघि मात्र पिटरसनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को हल अफ फेममा पनि समावेश गरिएको थियो।
एनपीएलको पेजबाट सार्वजनिक गरिएको उक्त भिडियो सन्देशले उनको नेपाल प्रिमियर लिगका समयमा नेपाल भ्रमणको संभावना देखाउँछ। यसअघि एनपीएलको पहिलो सिजनमा वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा नेपाल आएका थिए भने केही महिनाअघि इंग्ल्यान्डका अर्का क्रिकेटर एन्ड्र्यु फ्लिन्ट पनि नेपाल भ्रमणमा थिए। त्यस्तै, केही समयदेखि कीर्तिपुरमै इंग्ल्यान्ड र नेपालबीच टी-२० आई शृङ्खला हुने चर्चा पनि चलेको छ।






