
४ साउन, काठमाडौं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारबाट चार थान भरुवा बन्दुक बरामद भएको छ। प्रहरीले हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरेको जानकारी दिएको छ।
प्रहरीका अनुसार, ती बन्दुकहरू अवैध रुपमा राखिएको अवस्थामा फेला परेका हुन्। कसले लुकाएर राखेको हो भन्ने कुरा अझै पत्ता लागेको छैन। यस विषयमा जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान भइरहेको जनाएको छ।






