Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारतीय संसदमा विद्यार्थीमाथि लाठीचार्जको मुद्दा उठ्यो, खड्गेले सरकारको कडा आलोचना गरे

Advertisement800×200-1

भारतीय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले सोमबार संसदमा सीजेपी प्रदर्शनकारीमाथि भएको लाठीचार्जको विषय उठाउनुभयो। उहाँले राज्यसभामा भन्नुभयो, ‘पेपर लिक प्रकरणमा जन्तर-मन्तरमा भेला भएका हजारौं बालबालिकामाथि लाठीचार्ज गरिएको छ। मोदी सरकार युवाहरुको आवाज दबाउने प्रयासमा छ।’

खड्गेले संसद भवन बाहिर मिडियासँग कुरा गर्दै बेरोजगारी र परीक्षा सञ्चालनमा सरकार असमर्थ रहेको भन्दै सरकार सत्तामा रहन योग्य नभएको टिप्पणी गर्नुभयो। सीजेपीले संसदमा युवाको मुद्दा उठाएकोमा खड्गेलाई धन्यवाद दिएको छ।

उहाँले थप्नुभयो, ‘जो विद्यार्थी र युवाहरु दिल्ली आएर आफ्नो आवाज उठाउन चाहन्छन्, तिनीहरुलाई मार्नु र दुख दिनु गलत हो। यस विषयमा हामीले सरकारको ध्यानाकर्षण बारम्बार गराएका छौँ तर सरकारलाई केही फरक परेको छैन। एकातिर बेरोजगारी छ भने अर्कोतिर सरकारले परीक्षा सञ्चालन गर्न समेत सकेको छैन।’

सीजेपीको ‘संसद मार्च’ का क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो र अश्रुग्यास प्रयोग गरिएको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर