Skip to main content

अफगानिस्तानमा बाढीले दर्जनौँको मृत्यु, सयभन्दा बढी बेपत्ता

अफगानिस्तानको नुरिस्तान प्रान्तको पारुन सहरका केही भाग केही मिनेटमै हिलोमिश्रित बाढीले डुबाइदिएको छ भने नदी किनारका घर, पसल र सरकारी कार्यालयहरू बगाइसकेको छ। छोटो समयमा परेको मुसलधारे वर्षाले पूर्वी अफगानिस्तानको यो पहाडी बस्तीलाई विपद्‌ ग्रस्त क्षेत्र बनाएको छ। हराइरहेका दर्जनौँ व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहँदा मृतकको संख्या सयभन्दा बढी हुन सक्ने अधिकारीहरूले आशङ्का व्यक्त गरेका छन्।