
पाकिस्तानको इस्लामाबादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग ३–२ को सेटमा हार बेहोरेको छ। प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २५–१८ ले गुमाए पनि नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–२१ र २५–१९ मा जित हात पारेको थियो। तर पाँचौं सेटमा ९–८ को अग्रता कायम राख्न नसक्दा नेपालले १०–१५ ले श्रीलंकासँग पराजित भई लगातार दोस्रो हार भोग्नुपर्यो।
७ साउन, काठमाडौं। काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो पटक हार बेहोरेको छ। पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपालले श्रीलंकासँग ३–२ को सेटमा पराजय भोग्नुपरेको छ। पहिलो सेट २५–१८ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट जितमा परिणत गरेको थियो। दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले नेपालले आफ्नो पक्षमा बनाएको थियो। तर चौथो सेट २५–२१ हराएपछि खेल पाँचौं सेटमा पुगेको थियो। पाँचौँ सेटमा नेपालले ९–८ को अग्रता कायम गर्न नसक्दा १०–१५ को हार व्यहोर्नुपर्यो।
यसअघि बुधबार सम्पन्न खेलमा नेपाल कजाखस्तानसँग पनि पाँचौं सेटमा पराजित भएको थियो। नेपालले लगातार दुई खेलमा हार बेहोरे तापनि २ अंक जोड्न सफल भएको छ। यो श्रीलंकाको प्रतियोगितामा पहिलो जित हो जसले २ खेलबाट ३ अंक जोडेको छ। सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागी यस च्याम्पियनसिपमा सबै टोलीले एकअर्कासँग खेल्दैछन् र शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।






