Skip to main content

भुवन नगरकोटीले सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जिते

सूर्य नेपाल गल्फ टूर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। भुवनले ३-अन्डर २०४ स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले पराजित गर्दै करियरको १४औं उपाधि हात पारे। प्रतियोगितामा २६ व्यावसायिक तथा १६ एमेच्योर खेलाडीहरू सहभागी थिए र कुल १० लाख ५० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।

भुवनले शुक्रबार इभन-पार ६९ खेल्दै समग्रमा ३-अन्डर २०४ स्कोरसहित सञ्जय लामालाई पराजित गरी उपाधिमा ह्याट्रिक गर्न सफल भएका हुन्। उपाधिसँगै उनलाई १ लाख ७० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो। यस सिजनमा यसअघि उनले सूर्य नेपाल एनपिजिए टूर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि पनि जितिसकेका छन्।

सञ्जयले ४-अन्डर ६५ खेल्दै समग्रमा २-अन्डर २०५ स्कोरसहित दोस्रो स्थान हासिल गरे। उनलाई १ लाख २५ हजार रुपैयाँ नगद प्रदान गरियो। एमेच्योर खेलाडी राहुल विश्वकर्माले ४-अन्डर ६५ को स्कोरसहित तेस्रो स्थान पाएका छन्। धरानका गल्फर शुक्र बहादुर राईले ४-ओभर ७३ स्कोर बनाएर चौथो स्थान लिएका छन्।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका थिए। यस पटक सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा कुल पुरस्कार राशी वृद्धि गरिएको थियो।