Skip to main content

कतारमा सेनाको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु, एक जना बेपत्ता

कतारको रक्षा मन्त्रालयले जनाए अनुसार सेनाको हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। कतारी सेनाको हेलिकप्टर प्राविधिक गडबडीका कारण आइतबार बिहान देशको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। मन्त्रालयले यस घटनालाई इरान युद्धसँग कुनै सम्बन्ध नभएको पनि स्पष्ट पारेको छ।

मध्यपूर्वमा तनाव जारी रहेको बेला कतारी सैन्य हेलिकप्टर नियमित ड्युटीमा रहेको अवस्थामा प्राविधिक त्रुटिबाट दुर्घटना भएको बताइएको छ। ‘खोजी अभियानमा सातमध्ये छ जना फेला परेका छन्,’ कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रकाशित विज्ञप्तिमा उल्लेख गरेको छ।

मन्त्रालयले कतारी सशस्त्र बलका क्याप्टेन (पाइलट) सइद नासेर समेखको खोजी जारी रहेको जानकारी दिएको छ। पछिल्लो हप्तादेखि इरानी आक्रमणका कारण कतार प्रभावित हुँदै आएको छ, जसअन्तर्गत गत हप्ता इरानले कतारको मुख्य ग्यास प्लान्टमाथि हमला गरेको थियो।